आर्थिक अनियमितता गरेको आरोपमा नेपाली सेनाका दुई कर्णेल पनि पक्राउ

 नेपाली सेनाका दुई जना कर्णेल पक्राउ परेका छन् । आर्थिक अनियमितता गरेको आरोपमा सेनाका उपरथी प्रेमप्रकाश शाहीमाथि छानबिन भइरहेको बेला कर्णेलद्वय महेन्द्र शाह र कुलदीप तिम्सिना पनि पक्राउ परेका हुन् ।


उपरथी शाहीलाई ‘कोर्ट अफ इन्क्‍वाइरी’को प्रतिवेदनपछि सैनिक मुख्यालयले अनियमितता गरेको ठहर गरिसकेको छ । शाहीमाथि अनुसन्धान गर्न सैनिक अदालत ‘सैनिक अदालत’ पनि गठन गरिसकेको छ ।


‘प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको विषयमा सैनिक अदालत गठन बनिसकेको छ। सोही अदालतलले उहाँहरूलाई पनि अदालतमा उपस्थित हुनु भनेपछि उहाँहरू अदालत उपस्थित हुनु भएको हो’ नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने ।


यो मुद्दाको अन्तिम टुंगो सैनिक अदालतले लगाउनेछ।

राजनीति समाचार