झलनाथलाई भेट्न डल्लु पुगे रामचन्द्र

 नेपाली कांग्रेसका वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालसँग भेट गरेका छन्।  सोमबार बिहान खनाल निवास डल्लु पुगेर नेता पौडेलले भेट गरेको उनको सचिवालयले जनाएको छ। 

उनीहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ। 

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।  राष्ट्रपतिको उम्मेदवारलाई लिएर एकीकृत समाजवादीबीच विवाद छ। उनीहरु कोही पौडेललाई मत दिने पक्षमा छन् त कोही अर्का उम्मेदवार सुवास नेम्बाङलाई मत दिने पक्षमा देखिएका छन्। 

एमाले नेताले खनाललाई भेटेर नेम्बाङले राष्ट्रपतिमा जिते खनाललाई सांसद बनाउने आश्वासन दिएको छ।

राजनीति