मकवानपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्वर ५ चैनपुरबाट अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी बिस्रामपुर ग्राम बस्ने ५५ वर्षीय राजेश्वर महतो रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले २ किलो ३ सय ग्रामसहित आइतबार दिउँसो पक्राउ गरेको हो । पैदल हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा शरीरमा डोरीले बाँधी लुकाई छिपाइ ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

समाज