आज नेप्से दोहोरो अंकले बढ्याे

आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १२.८२ अंकले बढेर १ हजार ९ सय ५१ दशमलव ०७ विन्दुमा बन्द भएको हो । त्यस्तै, आइतबार नेप्से ३०.७७ अंकले घटेको नेप्से १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा बन्द भएको थियो।


आज नेप्सेमा एक अर्ब १८ करोड ६८ लाख १७ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १५८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४८ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । नेप्से बढेसँगै सल्ट ट्रेडिङ कोर्रोरेशनले अब्बल कारोबार गरेको छ।

अर्थ