तोलामा १ हजार घट्यो नेपाली बजारमा सुन

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। 

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। 

मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

अर्थ