जसपा कार्यकारिणी समितिको बैठक भोलि

जनता समाजवादी पार्टी, नेपालले फागुन २५ गते (बिहीबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ।

पार्टी कार्यालय बालकुमारी बस्‍ने बैठक दिउँसो ३ बजे सुरु हुने बताइएको छ। जसपाले भोलि बिहान सांसदहरुलाई बालकुमारीमा उपस्थित हुन भनेको छ। पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ। बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरुलाई सूचित गरिएको छ।

जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरू २२ गरी ३६ सांसदहरु छन्। प्रतिनिधि सभा समानुपातिक तर्फको एक स्थान रिक्त छ।

राजनीति