भ्रातृ शोकमा रहेका माधव नेपाललाई केपी ओलीले भेटे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेट भएको छ। 

बुधबार दिउँसो कोटेश्वरस्थित किरियापुत्री भवनमा पुगेर अध्यक्ष ओलीले नेपालसँग भेट गरेका हुन्। उनले नेपालका भाइको निधनमा समवेदना व्यक्त गरेका छन्। अध्यक्ष ओलीले शोकमा रहेको नेपालको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन्। 

नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिबार शंखमूलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो। 

राजनीति