नेपाल वायुसेवा निगमको जहाज कमाण्ड महिला पाइलटले सम्हाल्ने

सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमै महिला पाइलटले जहाजको कमाण्ड सम्हालेका छन् । आइतबार युएई गएको निगमको एयरबस ३२० (न्यारोवडी) जहाज बुधबार बिहान काठमाडौं फर्कदा जहाजको कमाण्ड महिलाले सम्हालेको निगमले जनाएको छ ।


नेपाल एयरलाइन्सको इतिहासमा नै पहिलो पटक महिला चालह दलका सदस्यले जहाजको कमाण्ड सम्हालेको जनाईएको छ ।क्यापटेन भावना पन्त र कोपाइटल श्रृजना राउतसँगै उक्त जहाजमा आइएफएस बास्ना राना, फ्लाईट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता के.सी, र अनिशा प्रजापति रहेका थिए ।


यूएईबाट काठमाडौंका लागि आज बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाज बुधबार बिहान ९.५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा अवतरण गरेको हो ।


अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर निगमले एउटा उडान महिलाको जिम्मामा दिएको हो । हाल निगममा ९ जना महिला क्यापटेन कार्यरत रहेका छन् । ९ जना महिला क्यापटेन भएपनि हालसम्म महिलाले मात्रै कुनै पनि उडान भरेका थिएनन् । जसमा एयरबस ३३० (वाईडबडी) मा १ जना, न्यारोवडीमा ४ जना र ४ जना आन्तरिक उडानका विमानमा कार्यरत रहेका छन् । यसैगरी निगममा कार्यरत १४५ क्याविन क्रू मध्ये ९६ जना महिला क्याविन क्रू रहेका छन् ।


निगमका प्रवक्ता अर्चना खड्का निगमको इतिहासमै पहिलो पटक महिलाले जहाजको नेतृत्व लिएको बताउँछिन् ।


संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले एयरबस २२० जहाज उडान गर्ने चालक दलका महिला सदस्यलाई विमानस्थलमै पुगेर बधाई दिएका छन् । ‘संयोग मात्र होइन, महिलाहरूले अवसर पाउँदा गर्न सक्छन् भन्ने प्रमाण पनि हो, बधाई छ दिदीबहिनी पाइलटहरू भावना पन्त गिरी र सृजना रावललाई, नेपालकै इतिहासमा महिलाहरुमात्रै रहेको चालक दलले पहिलो पटक राष्ट्रिय ध्वजाबाहक एअरबस ३२० नेपाल–दुबई र दुबई–नेपालको सफल उडान भरेका छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेवानीमा अरू ९ जना महिला पाइलटहरू पनि रहेको सगौरव जानकारी गराउन चाहन्छु ।’

समाचार