यी हुन् राष्ट्रपति निर्वाचनमा अनुपस्थित सांसद

 राष्ट्रपति निर्वाचनमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का ३१३ सांसदले मतदान गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका ३३४ र प्रदेशका ५५० सांसद मतदाता रहने व्यवस्था छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदूर किसान पार्टीका एक संघीय सांसदले मतदान गरेनन्। दुबै पार्टीले निर्वाचनमा सहभागी नहुने निर्णय गरेका थिए । यस्तै, नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन र नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी बिरामी रहेका कारण मतदानमा सहभागी हुन सकेनन् भने एमालेका लक्ष्मी कोइरी मुद्दा लागेका कारण उपस्थित भएनन् ।


यस्तै, जसपा सांसद शहनाज रहमानको केही दिनअघि मृत्यु भएको थियो भने रवि लामिछानेको सांसद पद खारेज भएको हुँदा एक सांसद पद रिक्त छ । यस्तै, कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित अवस्थामा छन् ।

राजनीति