चरेशसहित एक महिला पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले साढे दुई किलो चरेशसहित भैरहवाबाट एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीया लालसरा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी घर्तीलाई चेकजाँच गर्दा सो परिमाणको लागूऔषध बरामद गरेपछि पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएएको छ ।

समाज