मनोनयनपछि अष्टलक्ष्मीले भनिन्- लोकतन्त्रलाई सुदृढ बनाउन  सबैले सोच्‍नुस्

 उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमाले पार्टीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उमेदवारी दर्ता गराएकी छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताएकी छन्।

उनले भनिन्, ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ। लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ।’

एमाले उपाध्यक्ष शाक्यले आज (शनिवार) संसद भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्।

उम्मेदवारीका लागि उपाध्यक्ष शाक्यसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि पुगेका थिए। उम्मेदवार शाक्यले नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताइन्। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदै छ।  

राजनीति