राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार साँझ भएको भेटमा पौडेल र प्रचण्डबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।।

पौडल राष्ट्रपति निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेट हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

राजनीति