माओवादी धारका दलले आज सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै

काठमाडौं :  माओवादी धारका दलहरुले आज सांस्कृतिक प्रतिरोध दिवस मनाउँदैछन्। तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र युद्धका बेला शाही नेपाली सेनाले सांस्कृतिक कर्मीहरुलाई जिउँदै जलाइएर हत्या गरेको दिनको स्मरणमा यो दिवस मनाउने गर्छन्। यो घट्नालाई अनेकोट हत्यकाण्डका रुपमा चिनिन्छि। काभ्रेको पाँचखाल नगरपालिकास्थित अनेकोटमा २०५५ चैत ५ गते तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर निशस्त्र अवस्थामा रहेका ७ कलाकारहरुको हत्या गरेको थियो। 

सो घटनामा च्याङवा लामा, निर्मला देवकोटा, गुम्बासिंह तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनिमाया लामालाई जिउँदै जलाएर हत्या गरिएको थियो।  सोही घट्ना भएको स्थानमा आज नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपालले कार्यक्रम गर्दैछ। बिहान ११ बजे जनसांस्कृतिक सम्मान–२०७९ कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।  

राजनीति