फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा एम्बाप्पे

फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा फरवार्ड किलियन एम्बाप्पे नियुक्ति भएका छन् । यसअघि कप्तान रहेका गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो ।

फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेलको लागी नेदरल्याण्डसँग हुनेछ । सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।  एजेन्सी

खेलकुद