राष्ट्रियसभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति सभापति माया प्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८÷७९ सभा समक्ष पेश गर्ने कार्यसूची छ।

त्यस्तै सांसद भुवन बहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक–साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ। 

बैठकको सुरुमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनेछन्। 

राजनीति