माओवादी पदाधिकारी बैठक जारी

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हाल जारी छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक हाल जारी रहेको एक नेताले बताए ।

सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा एमाले र जनमत पार्टीका प्रतिनिधि मात्र छन् । नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी गराउनुअघि प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेका हुन् ।

राजनीति