प्रतिनिधि सभाको बैठक बस्दै

 संघीय संसद अन्तर्गत बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्नुहुने गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।


सचिवालयका अनुसार आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्दैछन्।

338559111 934025417630619 7650016549053965641 n
राजनीति