एलन मस्क र केही विज्ञद्वारा एआईको व्यापकता रोक्न आग्रह

अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली कृत्रिम बौद्धिकता (एआई) को व्यापकता विकास तत्कालका लागि रोक्न आग्रह गरेका छन् ।

सान फ्रान्सिस्कोको कम्पनी ओपनएआईबाट जीपीटी–४ सार्वजनिक गरिएपछि मस्क र एप्पलका सह–संस्थापक स्टिभ वोज्नियाकसहित एक हजारभन्दा धेरैले हस्ताक्षर गरेको खुला पत्रमा एआईको व्यापकता रोक्न आग्रह गरिएको हो ।

‘ओपन एआई’ कम्पनीका अनुसार यसको पछिल्लो मोडेल च्याट जीपीटीलाई पावर गर्न प्रयोग गरिएको अघिल्लो संस्करणको तुलनामा धेरै शक्तिशाली छ । स्वचालित कार्यक्रम ‘बोट’ ले सामान्य तथा संक्षिप्त बुँदाका आधारमा लेखन सामग्रीलाई तयार गर्न सक्षम हुन्छ ।

‘मानव प्रतिस्पर्धात्मक बुद्धिमत्ता भएको एआई प्रणालीले समाज र मानवताका लागि गहिरो जोखिम निम्त्याउन सक्छ’ पज जाइन्ट एआई एक्सपेरिमेन्ट्स शीर्षकको खुला पत्रमा भनिएको छ ।

शक्तिशाली एआई प्रणालीको विकास यसको प्रभाव सकारात्मक हुने र त्यसको जोखिम व्यवस्थापन गर्न सकिने अवस्थामा मात्रै विकास गर्न सकिने खुला पत्रमा उल्लेख रहेको समाचार संस्था एएफपीले जनाएको छ।

सम्बन्धित समाचार

मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ ‘च्याट जीपीटी’

अर्बपति एलन मस्क ओपनएआईमा प्रारम्भिक लगानीकर्ता हुनुहुन्थ्यो भने यसको सर्वोच्च समितिमा वर्षौँ बिताउनुभएको थियो । (एआई) अथवा कृत्रिम बुद्धिमताले ३० करोड पूर्णकालीन जागिरहरू प्रतिस्थापन गर्न सक्ने एउटा प्रतिवेदनले समेत देखाएको छ ।

इन्भेष्टमेन्ट बैंक गोल्डम्यान साक्सको एक प्रतिवेदनले युरोप र अमेरिकामा एक चौथाई रोजगारी कटौती गर्न सक्ने देखाएको बीबीसीले जनाएको छ । तर, प्रतिवेदनले अरु रोजगारी सिर्जना गर्ने र यसले विश्वको वस्तु र सेवाको उत्पादनशीलता ७ प्रतिशतले बढाउनसक्ने पनि देखाएको छ ।

कन्टेट लेख्ने क्षमता यसको प्रमुख प्रगति भएको प्रतिवेदनमा उल्लेख छ । च्याट जीपीटी लगायतका एआईको प्रयोग बढ्न थालेपछि यसको प्रभाववारेमा बहस सुरु भएको हो ।

समाचार