बकैया-३ धरान चतरा सडकखण्डमा मोटरसाइकल दुर्घटना,५ घाइते

हेटौंडा । मकवानपुरको बकैया- ३ हात्तिसुडेँमा बुधबारराति सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

धरान चतरा सडकखण्ड अन्तर्गत बकैया-३ मा फापरबारीबाट हातिसुडेतर्फ आउँदै गरेको प्रदेश ३ –०२–०१० प ८८६१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ग १४ प ३८७५ नम्बरको माटरसाइकलले पछाडीबाट ठक्कर दिँदा पाँच जना घाइते भएको हुन्।

घाइते हुनेमा प्रदेश ३–०२–०१०प ८८६१ नम्बरको मोटरसाइकल चालक बकैया–३ हातिसुडेँ बस्ने २७ वर्षीय कृष्ण कार्की,सोही मोटरसाइकलमा पछाडी सवार हेटौंडा–२ बस्ने २१ वर्षीया मुनिला वाईवा र ग १४ प ३८७५ नम्बरको मोटरसाइकल चालक चितवनको भरतपुर –१९ बस्ने २१ वर्षीय प्रशान्त तामाङ, सोही मोटरसाइकलमा सवार बकैया–२, धियाल बस्ने १८ वर्षीया प्रमिला भोलन र १७ वर्षीया स्मृति स्याङतान रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन्। 

घाइतेमध्ये कृष्ण कार्की र प्रमिला भोलनको हेटौंडास्थित चुरेहिल अस्पतालमा, प्रशान्त तामाङको हेटौंडा अस्पतालमा, मुनिला वाईवा र स्मृति स्याङतानको स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताएका छन्। उक्त सडकखण्डमा दिनहु जसो दुर्घटना हुने गरेको छ। बुधबार बिहान मात्र मोटरसाइकलको ठक्करबाट एक पुरुषको ज्यान गएको थियो।

समाज