किताब घरद्धारा पत्रकार महासंघलाई किताब उपहार

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ भैरवरोडमा रहेको किताब घरले नेपाल पत्रकार महासंघ मवकवानपुरलाई केहि थान किताब उपहार स्वरुप प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरको ६८ औं स्थापना दिवसको अवसर पारेर बिहीबार किताबघर हेटौंडाले महासंघ मकवानपुरलाई किताब उपहार दिएको हो ।
पठन संस्कृतिको विकास गराउने उद्देश्यका साथ अघि बढेको किताबघरले पत्रकारहरुको पठन संस्कृतिको निरन्तरताको लागि बिहीबार पुस्तक उपहार प्रदान गरेको किताब घरका सञ्चालक साहित्यकार एवं पत्रकार छवि अनित्यले जानकारी दिए ।
हेटौंडा–४ मा अवस्थित किताबघरमा पुगी महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी र कोषाध्यक्ष केशव समर्पणले किताबघरको तर्फबाट प्राप्त किताब ग्रहण गरेका हुन् ।
किताबघरका सञ्चालक छवि अनित्यले शरच्चन्द्र वस्तीको ‘हाम्रो भाषा’ र डा. तीर्थबहादुर श्रेष्ठको ‘नेपालः नखुलेका पाटाहरू’ उपहार प्रदान गरेका थिए ।
पत्रकारहरुले लेखनका साथै अध्ययनलाई अघि बढाउनु महत्वपूर्ण हुने भन्दै सञ्चारकर्मीसमेत रहेका अनित्यले महासंघ मकवानपुको पुस्तकालयमा राख्नेगरी महासंघको स्थापना दिवसको अवसरमा किताब उपहार दिएका हुन् ।
किताबघरले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले व्यावसायिक तथा सेवामुलक कार्य गर्दै आइरहेको छ ।

समाचार