मालदार मन्त्रालयमा १० औं करोडको डिल हुन्छन्ः स्वर्णिम वाग्ले

अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन्।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरूरी रहेको बताएका हुन्। उनले पैसाका कारण लोकतन्त्त पनि विकृत हुँदै गएको बताउँदै परम्परागत र पुराना पार्टीहरूमा टिकट पैसामा किनबेच हुने गरेको आरोप लगाए। उनले मालदार मन्त्रालयमा १० औं करोडको डिल हुने गरेको बताए।

‘कुशासनका कुराहरू छन्, पैसा कहाँबाट आउँछ, पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ, लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भुमिका कस्तो छ ? भन्नेकुरा जोडिएको छ। अन्य परम्परागत पार्टी, पुराना पार्टीहरूमा टिकटको किनबेच, यहाँ कुनैपनि हस्तक्षेप भएन। हामी ढुक्कले उम्मेदवार बुझ्नसक्यौँ। अन्य पार्टीहरूमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ। झनै मालदार मन्त्रीहरूका लागि कस्तो हुन्छ ?,’उनले भने, ‘मालदार मन्त्रालयमा त १० औं करोडको डिले हुन्छ भन्ने छ। यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ ? सत्तामा पुगिसकेपछि झन के हुन्छ ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ। त्यसलाई क्लिनअप गर्नको लागि प्राइमरीको कन्सेप्टलाई यो पार्टीले अवलम्वन गरेको छ। त्यो भनेको सुशासनको पहिलो खुड्किला हो।’

डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रूपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे। 

समाचार