मेरै कार्यकालमा मिटरब्याज पीडितको समस्या हल गर्छु : प्रधानमन्त्री

धानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने बताउँदै मिटरब्याज पीडिडहरुको समस्या आफ्नै कार्यकालमा हल गर्ने दृढता व्यक्त गरे ।

उनले गृहको टोलीसँग वार्ता गरी सहमति गरेर ढुक्क भएर घर जान पीडितलाई भनेका छन् । मिटरब्याज समस्या समाधानका लागि तत्काल उच्चस्तरीय आयोग बनाउने निर्णय मन्त्रीपरिषदले गरिसकेको र न्याय पाइन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे ।

राजनीति