हेटौंडामा दश वर्ष देखि कपडा सिलाई सिकाउने काम, ७५० जना महिलाले सिप सिके

हेटौंडामा दश वर्ष देखि कपडा सिलाई सिकाउने काम, ७५० जना महिलाले सिप सिके

जनपत्र

२२ चैत्र २०७९, बुधबार ०७:२५

134Shares

facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button
sharethis sharing button

हेटौंडा । हेटौंडामा सिलाई बुनाई सिकेपछी यही पेसा गरेर घरखर्च गर्ने र छोराछोरी पढाउने काममा धेरै जना महिलाहरु लागेका छन् । सिलाइ सिकेका धेरै महिलाहरु काम पनि गर्दै छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको जय प्रकृति शिलाइ प्रशिक्षण केन्द्रले २०६९ साल देखि बिधीवत रुपमा सिलाई सिकाउने काम गर्दै आएको छ । यसबाट धेरै जनालाई तालिम मात्र होइन रोजगारी उन्मुख समेत बनाएको छ ।

हरेक वर्ष सिलाईको बेसीक र एड्भान्स तालिम दिने गरेको र सिप सिकेका महिलाहरु आत्म निर्भर बन्दै गएको जय प्रकृति शिलाइ प्रशिक्षण केन्द्रका संचालक मेनुका श्रेष्ठ वताउनुहुन्छ । उहाँको संस्थामा उहाँलेनै महिलाहरुलाई तालिम दिएर सिप सिकाउने काम गर्दै आउनु भएको छ । सिलाई सिकाउनका लागि स्थानीय सरकारसंगै बागमती प्रदेश सरकारले पनि सहयोग गर्दै आएका छन् । अहिले पनि सिलाई सिकाउने काम निरन्तर चल्दे आएको छ । बितेको आर्थिक वर्षमा सिलाई सिकाउनका लागि प्रदेश युवा परिषद्ले एक लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको थियो । त्यसबाट धेरै सहयोग पुगेको श्रेष्ठ वताउनुहुन्छ ।

निशुल्क रुपमा सिप सिकेर आत्म निर्भर बन्न पाएकोमा सिलाई सिक्दै आएका प्रशिक्षार्थीहरु वताउँछन् । यता बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले सिप सिकाउने र अरुलाई पनि रोजगारीको अवसर सृजना गर्नेहरुलाई वितेको आर्थिक वर्षमा सहयोग गरिएको वताउनुहुन्छ । चालु आर्थिक वर्षमा पनि राम्रो काम गरेका मेहनतीहरुलाई सहयोगको कार्यक्रम रहेको वताउनुहुन्छ । बितेको आर्थिक वर्षमा पनि स्वदेशमानै स्वरोजगार भएका र आत्म निर्भर बन्नका लागि काम गर्दै आएकाहरुलाई तीन लाख रुपैयाँ, एक लाख रुपैयाँ र ५० हजार रुप्रयाँका दरले प्रदेशका बिभीन्न जिल्लामा सहयोग गरिएको चौलागाई वताउनुहुन्छ ।-janapatra

समाज