काठमाडौंको हितमा काम नगरे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्ः बालेन साह

काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले देशको संघीय सरकारलाई देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई अन्यत्र सार्न वा राजधानी नै सार्न चुनौती दिएका छन्। देशको केन्द्रीय सरकारको केन्द्र काठमाडौं महानगरपालिका भित्र रहेर पनि केन्द्र सरकारले काठमाडौंको हितमा काम नगरेको आरोप लगाउँदै आएका मेयर बालेनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत यस्तो चुनौती दिएका हुन् । उनले लेखेका छन् ‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, सँस्कृती, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’   कि काठमाडौंको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन । — Balen Shah (@ShahBalen) April 13, 2023

राजनीति