बालुवाटार गोली प्रकरण : नयाँ वर्ष मनाउन आएका नातिले हाने गोली

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमालीमाथि गोली प्रहार गर्ने व्यक्ति कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिने सुरक्षाकर्मी रहेको खुलेको छ। 

गएराति बालुवाटारस्थित पुनकै निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन्। उनी तीर्थमाली नाताले नाति रहेको प्रहरीले जनाएको छ। 

नयाँ वर्ष मनाउन पुनको निवास पुगेका मगरले पुनकी आमा ७४ वर्षीया तीर्थमालीमाथि गोली प्रहार गरेको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए। 

प्रहरीले घटनास्थलबाट चिनियाँ पेस्तोल ‘टाइप–५४’ बरामद गरेको छ। मगर नयाँ वर्ष मनाउन गए राति वर्षमानको निवासमा गएका थिए। वर्षमान उपचारका लागि चीनमा रहेका छन्। 

वर्षमानकी आमाको गोडामा गोली लागेको छ। ट्रमा सेन्टरमा उनको उपचार हुँदैछ। घटनाबारे अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

राजनीति