‘ए’ डिभिजन लिग : हिमालयन शेर्पा र फ्रेन्ड्स तथा थ्री स्टार र चर्च ब्वाइज खेल्दै

 शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज नवौँ चरणका दुई खेल हुँदैछन्  ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब खेल्ने छन् ।

हिमालयन ८ खेलमा ९ अङ्क जोडेर ११औँ स्थानमा रहेको छ । फ्रेन्ड्स दोस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ५ अङ्क जोडेर पुछारमा रहेको छ ।

त्यस्तै, अर्को खेलमा दिउँसो ३ बजे नै च्यासल मैदानमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड खेल्ने छन् । थ्री स्टार १४ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ भने चर्च ब्वाइज पाँचौँ स्थानमा छ ।

खेलकुद