अन्नपूर्ण हिमाल आराेहणका क्रममा एक भारतीय आराेही बेपत्ता

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् ।

आज साेमवार दिउँसो दोस्रो शिविरभन्दा केही माथिबाट भारतीय आरोही ३४ वर्षका अनुराग मालु हराएका सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । हराइरहेका आरोहीको खोजी भइरहेको पनि उहाँले बताउनुभयो ।

राजस्थानको किशनगढका मालु आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आरोहणका लागि आउनुभएको गुरागाईंले बताउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णमा गएको शनिवारदेखि यस वर्षको वसन्तयामको आरोहण सुरु भएको हो ।

समाचार