संवैधानिक परिषद्को बैठक जारी, प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना

 प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदको बैठक सिंहदरबारमा जारी छ ।

परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बैठक बसिरहेको हो। बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ।

बैठकमा परिषदका अध्यक्ष  प्रचण्डसहित विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र कानूनमन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी छन्। 

राजनीति