प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै

वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तापक्षीय चार दलको संयुक्त आमसभा हुँदैछ। दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय भएको हो। आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसहित अन्य ३ पूर्वप्रधानमन्त्री जाँदैछन्। चुनावीसभालाई प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी हुँदैछन्। चुनावीसभामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला पनि सहभागी हुनेछन्।

राजनीति