नेविसंघको स्थापना दिवसमा ३० जनाले गरे रक्तदान

हेटौंडा । नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरले नेविसंघको ५४ औं स्थापना दिवसको अवसर पारेर बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति एवं प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले कांग्रेस मकवानपुरका पूर्व जिल्ला सदस्य राजिव सुवेदीलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।
नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति सुवास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका सहसचिव इन्दिरा न्यौपाने, जिल्ला सदस्य अन्जना उपाध्याय, क्याम्पस प्रमुख डा. शंकर उपाध्याय, मकवानपुर क्याम्पस स्वयवियु पदाधिकारी, नेविसंघका नेता तथा कार्यकताहहरुको उपस्थिति िरहेको थियो ।

समाज