भीमफेदी कारागारमा एक कैदीबन्दीको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा आज एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार मनहरी गाउँपालिका-६ लोथर स्थायी घर भएर हाल कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका परियार बुधबार बिहान एक्कासि बेहोस भएका थिए ।

उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाज