राष्ट्रपति पौडेलको स्वास्थ्य थप सुधार

भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ।

पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शनिबार यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

उनको स्वास्थ्योपचार बुधबारदेखि चौथो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ। 

राष्ट्रपति पौडेल स्वास्थ्योपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए।

राजनीति