एसीसी प्रिमियर कप क्रिकेटमा दुई खेल हुँदै

एसीसी प्रिमियर कप क्रिकेटमा आइतबार दुई खेल हुँदैछ। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुर र यूएईले प्रतिस्पर्धा गर्दा मूलपानी क्रिकेट मैदानमा मलेसिया र ओमान भिड्नेछन्। 

दुवै खेल बिहान ९ बजे शुरु हुनेछ । समूह बीमा रहेको सिंगापुरले यसअघि खेलेको दुई खेलमा नै हार व्यहोरेको छ।  त्यसैले सिंगापुर पहिलो जित निकाल्ने दाउमा छ। 

यूएईले दुइ खेलमा एकमा जीत र एकमा हार ब्यहोरेको छ। यस्तै समूह एको दोस्रो स्थानमा रहेको मलेसियाले एक खेलमा जीत र एक खेलमा हारेको छ। 

ओमानले पनि एक खेलमा जीत र एकमा हार खाएको छ।

खेलकुद