चियाबारीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीमा आइतबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । 
आगलागीबाट स्थानीय सन्तोष काजी थापा, अम्बिका बुढाथोकी, सिताराम थापा, कौशल थापा, प्रेमकुमारी थापा र राजकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट सन्तोष काजी थापाको ११ लाख नगद र सात तोला सुनचाँदी जलेको बताए । कौशल थापाको तिनलाखको सुन र ६० हजार नगद, प्रेम कुमारी थापाको तीन लाख नगदसहित गरगहना, अम्बिका थापाको १ लाख नगद, पाँच तोला सुन जलेर नष्ट भएको छ ।
आगलागीबाट घरसहित घरभित्रका सबै अन्नपात, लत्ता कपडा, भाँडा कुडा, महत्त्वपूर्ण कागजात जल्दा करोड बढिको क्षति भएको प्रारम्भिक अनुमान छ । अम्बिका थापाको घरबाट आगो सल्केको भएपनि कारण खुल्न सकेको छैन । 

समाज