एमालेको केन्द्रिय कमिटी झापामा बस्ने

नेकपा एमालेले केन्द्रिय कमिटीको बैठक बोलाएको छ।

वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा बस्ने गरी केन्द्रीय कमिटी बैठक बलाइएको केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

सचिव अधिकारीका अनुसार बैठकमा उपनिर्वाचन र पार्टीको ग्रासरुट अभियानको लगायतका विषयमा छलफल हुनेछ।

२०७९ फागुन ५ गतेबाट सुरु भएको उक्त अभियान यही वैशाख १० गते सकिएको थियो।

राजनीति