बन्जरामाथिको आरोपमा निष्पक्ष छानविनका लागि पत्रकार महासंघको आग्रह

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य इन्द्रप्रसाद बञ्जारा (रमेश) माथि लागेको बलात्कारको आरोपमाथि निष्पक्ष छानविनका लागि महासंघ मकवानपुर शाखाले माग गरेको छ । 
बञ्जारालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै जिल्ला अध्यक्ष मणिराज गौतमद्वारा जारी विज्ञप्तिमा घटनाको निष्प्क्ष छानविन गरी दोषीलाई कारवाही र निर्दोषलाई न्याय दिलाउन माग गरिएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले पनि घटनाको निष्पक्ष छानविनका लागि माग गरेको थियो । 
अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका बन्जरालाई अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट तेस्रो पटक ७ दिनका लागि म्याद थप गरिएको छ ।

यस्तो छ पत्रकार महासंघको विज्ञप्ति

FNJ-1682579919.jpg
राजनीति