मकवानपुर प्रशासनमा आज देखि निशुल्क रुपमा राहदानी, राष्ट्रिय परिचयपत्रको फार्म भरिने

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज देखि निशुल्क रुपमा राहदानी तथा राष्ट्रिय परिचयपत्रको फार्म भरिने भएको छ । आज देखि जिल्ला प्रशाशन कार्यालय मकवानपुरकै एउटा कोठामा कर्मचारी परिचालन गरेर निशुल्क रुपमा आम सेवाग्राहीहरुको फार्म भरिने भएको हो ।

यसअघि हेटौंडाको नगरपालिका रोडकमा रहेका बिभीन्न स्थानमा शुल्क तिरेर मात्र आम सर्बसाधरणहरुले फार्म भर्दै आएका थिए । आम सर्वसाधरणहरुले महगो रुपमा राहदानी र राष्ट्रिय परिचयपत्रको फार्म भर्ने गरेकाले अब भने निशुल्क रुपमा सेवा दिन सुरु गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेले बताउनुभयो ।

समाज