बागमती प्रदेशमा एकै पटक ११ औ तहका १८ जना कर्मचारी माग

हेटौंडा । बागमती प्रदेशमा एकै पटक ११ औ तहका १८ जना कर्मचारी माग गरिएको छ । बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले पत्रिकामा सूचना प्रकासन गर्दै एकै पटक ११ औ तहका कर्मचारी माग गरिएको हो ।

सहसचिब स्तरका कर्मचारीहरु प्रदेशका बिभीन्न मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कृषि, अस्पताल निर्देशकका रुपमा नियुक्त गर्नेगरी माग गरिएको हो । प्रदेश सरकारको माग भएबमोजिमका कर्मचारीहरु सूचना प्रकासन गरेर माग गरिएको प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश लोक सेवा आयोगले जेष्ठता र कार्यसम्पादन मुल्याङकनका आधारमा हुने बढुवाका लागि १८ जना माग गरिएको उहाँले बताउनुभयो ।

प्रदेश लोकसेवा आयोगले माग गरेका कर्मचारीहरुको बिस्तृत विवरण यस प्रकार रहेको छ ।

समाचार