काभ्रेको भैँसेपाटीमा भइरहेको अवरुद्ध हट्यो, अरनिको राजमार्गमा सामान्य रुपमा गाडी चल्दै

दुर्घटनाको विषयलाई लिएर काभ्रेको भैँसेपाटीमा भइरहेको अवरोध हटेको छ ।

गएराति २ बजे बनेपा नगरपालिका वडा नं १३ मा रहेको भैँसेपाटीमा बा ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६२ वर्षीय बालकृष्ण बुढाथोकीको ज्यान गएपछि स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका थिए ।

स्थानीय प्रशासनसँगको वार्ता पछि स्थानीय बासिन्दाले आन्दोलन रोकेर सडक खुलाउन सहमति गरेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

बुढाथोकीलाई ठक्कर दिने मोटरसाइकलका चालकको खोजी गरी कारबाही गर्ने सहमति भएपछि सडक खुलेको हो । उहाँका अनुसार अहिले अरनिको राजमार्गमा सामान्य रुपमा गाडी चलिरहेका छन्।

आन्दोलनका कारण बिहान अरनिको राजमार्ग हुँदै चल्ने गाडी रोकिएका थिए।

समाज