सुनचाँदीको भाउ सामान्य घट्यो

 सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ।  

सुनको भाउ आज तोलामा १ लाख ८ हजार  ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख ९ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको आज तोलामा १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदीको भाउ तोलामा १ हजार ४ सय १५ रुपैयाँ थियो ।

अर्थ