भारतबाट घटेर आयो इन्धनको भाउ

भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटेको नयाँ मूल्य सूची पठाएको छ।

आइओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेललगायत इन्धनको मूल्य घटेको हो।

नयाँ मूल्यसूचीअनुसार प्रति लिटर पेट्रोलको मूल्य ४ रुपैयाँ ३३ पैसा र प्रति लिटर डिजलको मूल्य ४ रुपैयाँ ११ पैसाले घटेको छ।

निगम र आइओसीबीच १५/१५ दिनमा नयाँ मूल्य कायम हुने सम्झौता छ। जसअनुसार आइओसीले मे १ तारिखमा इन्धनको नयाँ मूल्य सूची पठाएको हो।

नयाँ मूल्यअनुसार अब निगमलाई प्रति लिटर पेट्रोलमा १० रूपैयाँ र प्रति लिटर डिजलमा ६ रूपैयाँ नाफा हुनेछ।

निगमले अहिले पेट्रोल १७५ रूपैयाँ प्रतिलिटर र डिजेलको १६५ रूपैयाँ प्रतिलिटरमा बेचिरहेको छ। यही मूल्य रहिरहे नियमको नाफा १५ दिनमै १ अर्ब नाघ्ने छ।

समाज