मकवानपुरमा ठूलो परिणामको लागुऔषध गाँजा सहित दुईजना पक्राउ

हेटौंडा । मकवानपुरमा ठूलो परिणामको लागुऔषध गाँजा सहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको पश्चिम क्षेत्रमा रहेको कैलाश गाउँपालिका वडा नम्बर–४ कटुन्जेबाट लागू औषध गाँजा सहित दुईजना पक्राउ परेका हुन् । प्रहरीले ५ सय ११ केजी गाँजा सहित आज बिहान उनीहरुलाई पक्राउ गरेको हो । कुटुन्जेका ४२ वर्षिय राधाकृष्ण रिजाल र ३८ वर्षिय उत्तम रिजालको घरबाट गाँजा सहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले लागू औषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक दिपक केसीको कमाण्डमा २६ जनाको प्रहरी टोलीले खानतलासी गर्दा गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

प्रहरीले उत्तम रिजालको घरबाट ६ बोरा १८४ किलो १०० ग्राम र नगद ५५, हजार ३६५ रुपैयाँ र राधाकृष्ण रिजालको घरबाट १२ बोरा ३२७ किलो ८०० ग्राम गाँजा फेला पारेको हो ।

समाज