शरणार्थी प्रकरणमा ठगी गर्ने कसैलाई छाड्नु हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणलाई गहिरो गरेर अनुसन्धान गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै जानु गृह प्रशासनको प्रयास प्रशंसनीय रहेको बताएका हुन्।

‘यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन’, उनले लेखेका छन्।

राजनीति