नेपाल र नाउरुबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपालले नाउरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।

बिहीबार राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसंघका लागि नाउरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डीएईले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ।

दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिवलाई दिएका छन्। दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसंघलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुई पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताए।

सन् १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नाउरु प्रशान्त महासागरको नजिक अष्ट्रेलियाको उत्तर पूर्वमा अवस्थित देश हो।

राजनीति