बाग्लुङकाे निसीखाेलामा डुबेर एक बालिकाको ज्यान गयाे

बाग्लुङकाे निसीखोला गाउँपालिकामा खाेलामा डुबेर एक बालिकाको ज्यान गएकाे छ । 

बाग्लुङको निसीखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी पाँच वर्षीया छाेरी साकीराको डुबेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो । 

घरभन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर घाइते भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएको छ। 

समाज