आइतबार थपिए ३२ जना कोभिड संक्रमित

आइतबार देशभर ३२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत २४ घन्टामा गरिएको १९६४ जनाको नमूना परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर सक्रिय कोभिड संक्रमितको संख्या १३३ जना पुगेको छ। हाल सक्रिय संक्रमितमध्ये २० जना संक्रमित संस्थागत आइसोलेशनमा ८ जना आइसियु र एकजना भेन्टिलेटरमा उपचाररत छन्।

यस्तै आज १२ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

समाज