एमालेको सचिवालय बैठक आज बस्दै

प्रमुख प्रतिपक्ष नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषयमाथि छलफल गरिने छ । एमाले पोलिटब्युरो सदस्य शेरबहादुर तामाङका अनुसार केन्द्रीय सचिवालय बैठकबाट केन्द्रीय समितिको छलफलको एजेण्डा तय हुनेछ ।

एमालेको केन्द्रीय समिति बैठक यही बैशाख २८ गतेदेखि सुरु हुँदैछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका विषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समीक्षा लगायतका एजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।

राजनीति