सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढ्यो

सुनको भाउ आज पनि तोलामा तीन सय रुपैयाँले बढेको छ ।सुनको भाउ आज तोलामा एक लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो पनि तोलामा तीन सय रुपैयाँले नै बढेर  एक लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको बिहीवारदेखि चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

अर्थ