बागमती प्रदेश युवा परिषदले खटायो ११९ प्राविधिक

मकवानपुर । बागमती प्रदेश युवा परिषद्को कार्यालयले प्रदेशको विभिन्न स्थानीय तहमा ११९ जना प्राविधिक खटाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को कार्यालयले मंगलबारबाट लागू हुने गरी ११९ जना प्राविधिक कर्मचारी स्थानीय तहमा खटाएको हो ।

राष्ट्रिय विकास स्वयंसेवक अन्तर्गत ‘प्रदेश स्वयंसेवक बागमती’ का विभिन्न तहका स्वयंसेवकहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर तोकिएको स्थानीय तहमा खटाइएको हो ।

प्रदेश युवा परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरेर प्राविधिकका लागि आवेदन माग गरेको थियो । एक हजार ५ सय जनाले स्वयम्सेवकको रुपमा काम गर्नका लागि आवेदन दिएकोमा ११९ जना छनौटमा परेका थिए ।

प्रदेश युवा परिषद्ले स्टाफ नर्स, कृषि तथा भेटिनरी प्राविधिक, ल्याब असिस्टेन्ट, अहेव, अनमी लगायतका प्राविधिक स्वमय्सेवकको माग गरेको थियो ।

राजनीति