खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

केसीलाई जडिबूटीस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

यसअघि खाँण आज बिहान चाबहिल मैजुबहालस्थित उनकै निवासबाट पक्राउ परेका थिए ।

खाँण पक्राउ परेलगत्तै उनका स्वकीय सचिव केसी पनि पक्राउ परेका हुन् ।

राजनीति